Logo

साफ अण्डर १८ च्याम्पियनसिपमा भुटानसंग नेपालको लज्जास्पद हार

ई-खेलकुद २०७६ असोज ५ , आईतबार ०४:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालमा जारी साफ अण्डर १८ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा भुटानले नेपाललाई पराजित गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा भुटानले नेपालबिरुद्ध ३–० को जित हात पारेको हो । पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा २ गोल गर्दै शानदार जित हात पारेको हो ।
३६ औ मिनेटमा यशी दोर्जीको गोलबाट अग्रता बनाएको भुटानले ८६ औ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै अग्रता दोब्बर पारेको थियो । अन्तिम मिनेटमा अर्को गोल गर्दै भुटानले शानदार जित हात पारेको हो ।
यो जितले भुटानलाई एक खेल अगावै सेमिफाइनलमा पुर्याएको छ । नेपालको सेमिफाइनल प्रबेशको संभावना कमजोर बनेको छ । भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले हराए मात्र नेपालको अन्तिम चारमा पुग्ने संभावना रहन्छ । माल्दिभ्सलाई बराबरी वा २–० को हार पनि सेमिफाइनल पुग्न पर्याप्त हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?