Logo

साफ अण्डर १८ च्याम्पियनसिपमा नेपालले आज भुटानसंग खेल्दै

ई-खेलकुद २०७६ असोज ५ , आईतबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । नेपालमा जारी साफ यू–१८ फुटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज कमजोर टोली भुटानसंग प्रतिस्पर्धा गर्दैछ । राजधानीको हल्चोकस्थित एपीएफ मैदानमा अपरान्ह ३ बजे हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा रहेको छ । आज जित हात पार्न सके, नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गर्नेछ । पहिलो खेल खेल्न लागेको भुटान भने नेपाललाई हराउदै १ खेल अगावै अन्तिम चारमा पुग्ने योजनामा छ ।
पहिलो खेलमा माल्दिभ्ससंग एक एकको बराबरी खेलेको नेपाल अप्रत्यासी रुपमा दक्षिण एसियाली फुटबलमा फड्को मारेको भुटानप्रति संयमित प्रर्दशन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।
यसअघि हिजो भएको समुह ए अन्तर्गतको खेलमा बंगलादेशले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?