Logo

साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज श्रीलंका र बंगलादेश भिड्दै

ई-खेलकुद २०७६ असोज ४ , शनिबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौमा जारी साफ अण्डर १८ च्याम्पियनसीप फुटबलमा आज बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुदैछ । समुह बी मा रहेका दुई टोलीबिचको प्रतिस्पर्धा हल्चोकस्थित एपीएफ मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ । दुबै टोली पहिलो खेलमै जित निकाल्दै सेमिफाइनल नजिक पुग्ने लक्ष्यमा रहेका छन् । यो समुहमा बलियो टोली भारत पनि रहेकाले आज जित निकाल्ने टोलीको सेमिफाईनल पुग्ने संभावना बलियो हुनेछ ।
यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सले एक एकको बराबरी खेल्दै अंक बाँडेका थिए । ६ टोली सहभागी प्रतियोगितामा नेपालले भोली भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?