
काठमाण्डौ । नेपालमा जारी तेस्रो संस्करणको साफ अण्डर १८ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुदैछ । दुबै टोली समुह बीमा रहेका टोली हुन् । सेमिफाइनलमा भारतले माल्दिभ्स र बंगलादेशले भुटानलाई समान ४–० ले हराउदै उपाधि यात्रा तय गरेका थिए । राजधानीको हल्चोकस्थित एपीएफ मैदानमा दिउ“सो साढे २ बजे यी दुई टोलीबिचको उपाधि भिडन्त सुरु हुनेछ ।
समुहचरणमा भएको भेटमा दुबै टोलीले गोलरहित बराबरी खेलका थिए । पहिलो पटक फाइनल पुगेको बंगलादेश बलियो टोली भारतलाई हराउदै उपाधिमा नाम लेखाउन चाहान्छ । फाईनल पुगेर पनि उपाधि हात पार्न नसकेको भारत भने तेस्रो संस्करणको उपाधि उचाल्ने योजनामा रहेको छ ।
आजै तेस्रो स्थानका लागि भुटान र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहान १० बजे सुरु हुनेछ ।
