Logo

साफ अण्डर १५ फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग खेल्दै

ई-खेलकुद २०७६ भदौ ६ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । भारतको कल्याणीमा जारी साफ अण्डर १५ फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक भारतसंग ५–० को फराकिलो अन्तरले पराजित भएको नेपाल, दोस्रो खेलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्न लागेको हो । कल्याणी रंगशालामा नेपाली समयानुसार दिउसो सवा ३ बजे नेपाल र श्रीलंकाबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
पहिलो खेलमा भुटानलाई ३–२ ले हराएको श्रीलंकाले नेपाललाई हराउन सके, फाईनल प्रबेशको संभावना बलियो बन्ने छ । नेपाललाई भने शीर्ष २ मा पुग्न श्रीलंकासंगको खेलमा जित निकाल्दै त्यसपछिका बंगलादेश र भुटानलाई पनि पराजित गर्नु पर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?