
काठमाण्डौ । भुटानमा जारी साफ अण्डर–१५ महिला च्याम्पियनसीपमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने ३ बजे नेपाल र बंगलादेशबिचको खेल सुरु हुनेछ ।
पहिलो खेलमा भारतसंग ४–१ ले पराजित भएको नेपाललाई फाईनल प्रबेशको संभावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव रहेको छ । पहिलो खेलमा भुटानलाई हराएको बंगलादेश नेपाललाई हराउदै फाईनल नजिक पुग्ने योजनामा रहेको छ । प्रतियोगितामा आजै भुटानले भारतको सामना गर्नेछ ।
