Logo

साफ अण्डर १५ वुमन च्याम्पियनसीको अन्तिम खेलमा नेपाल र भुटानको बराबरी

ई-खेलकुद २०७६ असोज २६ , आईतबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १५ वुमन च्याम्पियनसीप फुटबल अन्तर्गत समुहचरणको अन्तिम खेलमा नेपाल र भुटानले एक एकको बराबरी खेल्दै प्रतियोगिताको अन्त्य गरेका छन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाल र आयोजकले बराबरीको नतिजा निकालेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५० औ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । खेलको ६७ औ मिनेटमा डिकी अल्हाजोमले गोल गर्दै भुटानलाई बराबरीमा पुर्याई । प्रतिस्पर्धात्मक खेलमा त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए ।

नेपाल र भुटान दुबै टोली यसअघि नै प्रतियोगिताबाटै बाहिरिसकेका छन् । ४ टोली सहभागी प्रतियोगितामा नेपाल र भुटान जितबिहिन बन्दा उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?