Logo

साफ अण्डर १५ वुमन च्याम्पियनसीपमा नेपालले आज भुटानसंग खेल्दै

ई-खेलकुद २०७६ असोज २६ , आईतबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । भुटानमा जारी साफ अण्डर १५ वुमन च्याम्पियनसीप फुटबलमा नेपालले आज भुटानसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएका दुबै टोली समुहचरणको अन्तिम खेलमा एकअर्का बिरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली समयानुसार साँझ पौने ६ बजे नेपाल र भुटानबिचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको खेलमा दुबै टोली सान्त्वना जितसंगै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
यसअघिका खेलमा भारतले नेपाललाई ४–१ ले तथा भुटानलाई १०–१ ले हराएको थियो । त्यस्तै बंगलादेशले नेपाललाई २–१ ले तथा भुटानलाई २–० ले पराजित गरेको थियो । आजै भारत र बंगलादेशबिच पनि प्रतिस्पर्धा हुनेछ । उपाधिका भिडन्त अघि नै समुहचरणको खेलमा यी दुई राष्ट्रबिच प्रतिस्पर्धा हुन लागेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?