Logo

साफ अण्डर १५ फुटबलमा भारतसंग नेपालको फराकिलो हार

ई-खेलकुद २०७६ भदौ ४ , बुधबार ०३:०८ मा प्रकाशित

काठमाण्डौ । पाँचौं संस्करणको साफ अण्डर १५ फुटबलको पहिलो खेलमा नेपाल आयोजक भारतसंग ५–० को फराकिलो अन्तरले पराजित भएको छ । भारतको कल्याणीमा आज भएको खेलमा नेपालले निक्कै कमजोर प्रर्दशन गरेको हो । पहिलो हाफमा ३–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा २ गोल थप्दै फराकिलो जित हात पारेको हो ।
भारतलाई शानदार जित दिलाउन महेसनले दुई गोल गरे । अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थ सिंहले समान एक गोल गरे ।
नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार श्रीलंकाको सामना गर्नेछ । तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानसंग खेल्नेछ । समुहका शीर्ष २ टोलीबिच उपाधि भिडन्त हुने भएकाले फाइनल प्रबेशका लागि बाँकि खेलमा जित निकाल्नु पर्ने दबाव नेपालसामु रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?