Logo

साफ अण्डर १५ च्याम्पियनसिप : श्रीलंकाबिरुद्ध नेपालको सहज जित

ई-खेलकुद २०७६ भदौ ६ , शुक्रबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ । भारतको कल्याणीमा जारी साफ अण्डर १५ फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । आज भएको खेलमा श्रीलंकालाई २–० ले हराउदै नेपालले फाईनल प्रबेशको संभावना कायमै राखेको हो । श्रीलंकाको भने यो पहिलो हार हो । आफ्नो पहिलो खेलमा आयोजक भारतसंग ५–० को फराकिलो अन्तरले पराजित भएको नेपालले श्रीलंकाबिरुद्ध भने शसक्त प्रर्दशन गरेको थियो । अधिकांश समय श्रीलंकालाई दबावमा राखेको नेपालले ४६ औ मिनेटमा अग्रता बनाएको थियो । शसांक बोहोराले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ८३ औ मिनेटमा असिम राईले गोल गरेपछि नेपाल सहज जित निकाल्न सफल बन्यो ।
नेपालले अब बंगलादेश र भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?