
काठमाण्डौ । साफ अण्डर १५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता भुटानको थिम्पुमा आज सुरु हुदैछ । सार्कका ४ राष्ट्रले मात्र सहभागिता जनाएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले बलियो टोली भारतसंग प्रतिस्पर्धा गर्दैछ । भारत र नेपालबिचको प्रतिस्पर्धा भुटानको चाङलिमिथाङ रंगशालामा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।
दुबै टोली प्रतियोगिताको पहिलो खेलबाटै आफु अनुकुलको नतिजा निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । आजै नै आयोजक भुटान र बंगलादेशपनि आमने सामने हुनेछन् ।
नेपालले दोस्रो खेलमा शुक्रबार बंगलादेश र अन्तिम खेलमा आईतबार आयोजक भुटानको सामना गर्नेछ । तालिकाको शीर्ष स्थानमा रहने २ टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
