Logo

साफ अण्डर १५ च्याम्पियनसिप खेल्न नेपाली महिला टोली भुटान प्रस्थान

ई-खेलकुद २०७६ असोज २० , सोमबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १५ महिला च्याम्पियनसिप फुटबल खेल्न नेपाली महिला टोली आज भुटान उडेको छ । भारत नेपाल, भुटान र बंगलादेश मात्र सहभागी प्रतियोगिता खेल्न नेपाली टोली त्यसतर्फ गएको हो । टोली केहिबेर अघि भुटान गएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
बुधबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्नेछ । खेल भुटानको चाङलिमिथाङ रंगशालामा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ । बुधबार नै आयोजक भुटान र बंगलादेशपनि आमने सामने हुनेछन् ।
नेपालले दोस्रो खेलमा शुक्रबार बंगलादेश र अन्तिम खेलमा आईतबार आयोजक भुटानको सामना गर्नेछ । तालिकाको शीर्ष स्थानमा रहने २ टोलीले फाइनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?