Logo

साफ अण्डर–१५ च्याम्पियनसिपको उपाधि भारतलाई, फाइनलमा नेपालको लज्जास्पद हार

ई-खेलकुद २०७६ भदौ १४ , शनिबार ०५:०८ मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । कोलकत्तास्थित कल्याणी रंगशालामा आज भएको फाइनलमा नेपाललाई ७–० ले हराउदै भारतले उपाधि कब्जा गरेको हो । एकतर्फि खेलमा भारत पुर्णत नेपालमाथी हावी बनेको थियो ।
खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा ४ गोल थप्दै उपाधि हात पारेको हो । निक्कै कमजोर प्रर्दशन गरेको नेपालले भारतको पोष्टमा आक्रमणको अवसर निक्कै कम पाएको थियो । जारी प्रतियोगितामा भारतले १ गोल नखाई बिपक्षीको पोष्टमा २८ गोल गर्दै उपाधि हात पारेको हो ।
यसअघि समुहचरणको खेलमा भारतले नेपाललाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?