Logo

साफ अण्डर-१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

ई-खेलकुद २०७६ भदौ १४ , शनिबार ०६:०८ मा प्रकाशित

काठमाण्डौ । साफ अण्डर १५ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबिच प्रतिस्पर्धा हुदैछ । भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे फाइनल खेल सुरु हुनेछ ।
५ राष्ट्र सहभागी प्रतियोगितामा भारत शत प्रतिशत नतिजा निकाल्दै फाइनल पुगेको हो भने पहिलो खेल गुमाएको नेपालले बाँकि ३ खेलमा शानदार जित निकाल्दै उपाधि यात्रा तय गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा भारतसंगै भोगेको ५–० को फराकिलो हारको बदला लिदै उपाधि हत्याउन नेपाललाई राम्रो अवसर समेत जुरेको छ । तर त्यो नेपालका लागि सहज भने पक्कै छैन् । जारी प्रतियोगितामा विपक्षीको पोष्टमा २१ गोल गर्दा भारतले कुनै पनि गोल खाएको छैन ।
नेपालले भने बिपक्षीको पोष्टमा १२ गोल गरेको छ भने ६ गोल खाएको छ । पहिलो खेलमा अप्रत्यासी हार भोगेपनि त्यसपछि लय समाएको नेपाली टोली अवसरको उचित सदुपयोग गर्दै उपाधि हात पार्ने योजनामा रहने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?