
काठमाण्डौ । भारतको कल्याणीमा जारी साफ अण्डर १५ पुरुष फुटबल च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज बलियो टोली बंगलादेशसंग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा पहिलो हाफ सकिदा नेपाल १–० ले अघि रहेको छ । रोमाञ्चक खेलमा पहिलो हाफको अन्तिम समयमा नेपालले गोल गर्दै अग्रता बनाएको हो ।
बंगलादेशलाई हराउन सके नेपालको फाइनल पुग्ने संभावना बलियो हुनेछ । नेपालले समुह चरणको अन्तिम खेलमा बिहिबार भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।
