
काठमाण्डौ । साफ अण्डर १५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालले तेस्रो खेल बंगलादेशसंग खेल्न लागेको हो । नेपाली समयानुसार दिउसो सवा ३ बजे सुरु हुने खेलमा दुबै टोली समान लक्ष्यका साथ मैदान उत्रनेछन् । सुरुवाती २ जित निकालेको बंगलादेश, नेपाललाई हराउदै फाईनल पुग्न चाहान्छ । नेपाललाई फाइनल प्रबेशको संभावना कायम राख्न बंगलादेशबिरुद्ध जित निकाल्दै बिहिबार भुटानलाई पनि हराउनुपर्ने छ ।
२ खेलबाट मात्र ३ अंक जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट बंगलादेश ६ अंकमा दोस्रो स्थानमा छ । पहिलो खेलमा भारतसंग ५–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको थियो । पहिलो खेलमा भुटानलाई ५–२ ले हराएको बंगलादेशले दोस्रो खेलमा श्रीलंकालाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको थियो ।
६ टोली सहभागी प्रतियोगिता राउण्ड रोविनको आधारमा चल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
