Logo

साफमा नेपालको पहिलो प्रतिद्धन्दी माल्दिभ्स

ई-खेलकुद २०७८ भदौ २ , बुधबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । माल्दिभ्समा आयोजना हुने १३औँ संस्करणको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ साफले पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससंग खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १७ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २४ मा खेल्नेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी पाँच टोली सहभागी हुनेछन् । लिग चरणमा उत्कृष्ट हुने दुई टोलीबीच उपाधिका लागि स्पर्धा हुनेछ ।

साफ च्याम्पियनसिपको उपाधिको खेल असोज २७ गते हुनेछ । साफ च्याम्पियनसिपका सबै खेल राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा खेलाइनेछ । प्रतियोगिताको तयारी गर्ने क्रममा नेपालको राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा हाल पोखरामा छ ।

साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?