
काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सातौ दिनका खेल जारी रहदा नेपालले थप २ स्वर्ण हात पारेको छ । नेपालले आज कुस्ती र एथ्लेटिक्समा स्वर्ण पदक हात पारेको हो । जनकपुरमा जारी कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् । ५५ केजी तौल समुहको स्पर्धामा उनले बंगलादेशकी सार्केर रिमीलाई पछि पार्दै स्वर्ण हात पारेकि हुन् । उनले अंकका आधारमा ४–१ ले बंगलादेशी प्रतिद्धन्दीलाई पछि पारिन् । महिला ५३ केजीमा नेपालकी सिवांगी डुबेले रजतमा चिक्त बुझाईन् ।
आजै बिहान भएको एथ्लेटिक्सको स्पर्धामा नेपालका किरण बोगटीले स्वर्ण पदक जिते । निर्धारित दुरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उनले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
