Logo

साग महिल क्रिकेटमा नेपाल श्रीलंकासंग पराजित, फाईनलमा श्रीलंका र बंगलादेश भिड्ने

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०२:१२ मा प्रकाशित

पोखरा । साग महिला क्रिकेटको तेस्रो खेलमा नेपाल श्रीलंकासंग पराजित भएको छ । पोखरामा आज भएको खेलमा नेपाल श्रीलंकासंग ४१ रनले पराजित भएको हो । यो जितसंगै फाईनल पुग्ने नेपालको सपना चकनाचुर भएको छ । श्रीलंकाले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । कप्तान रुबिना क्षेत्रीले १९ रन बनाएको ईनिङसमा कविता कुँवरले १३, करुणा भण्डारीले १२ र अप्सरी बेगमले ११ रन बनाए । अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् । श्रीलंकाकी साच्हिनी निसन्सलाले ३ तथा सत्या सन्दिपानीले २ विकेट लिए ।
यसअघि पोखरा रंगशालामा टस जितेको श्रीलंकाले निर्धाारित ओभरमा ७ विकेट गुमाउदै १ सय १८ रनको योगफल तयार पारेको थियो । लिहिनी अप्सराले सर्बाधिक ३७ रन बनाएको श्रीलंकाको ईनिङसमा जनादि अनालीले ३५ र सत्या सन्दिपानीले २२ रनको योगदान दिईन् ।
नेपालकी सरस्वती कुमारी र सोनु खड्काले समान २ तथा अन्जली चन्दले १ विकेट लिईन् । श्रीलंकाका २ ब्याट्सवुमन रन आउट भएका थिए । महिला क्रिकेटको उपाधिका लागि श्रीलंका र बंगलादेश भिड्ने छन् । नेपालले कास्य पदकका लागि माल्दिभ्ससंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?