Logo

साग महिला भलिवल : माल्दिभ्सलाई सोझो सेटले हराउदै भारत फाइनलमा

ई-खेलकुद २०७६ मंसीर १४ , शनिबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । कमजोर प्रतिद्धन्दी माल्दिभ्सलाई सोझो सेटले हराउदै भारत १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिवलको फाइनलमा प्रबेश गरेको हो । राजधानीको त्रिपुरश्वरस्थित राखेप कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई सोझो सेटले हराउदै भारतले उपाधि यात्रा तय गरेको हो ।
सहज जित निकाल्ने क्रममा भारतले २५–१४, २५–६ र २५–१७ को जित हात पार्यो । एकपक्षिय खेलमा माल्दिभ्सबिरुद्ध पुर्णत हावी भएको थियो । यद्यपी माल्दिभ्सले पनि सेमिफाइनलमा केहि सुधारिएको खेल प्रर्दशन गरेको थियो । भारतले उपाधिका लागि नेपाल र श्रीलंकाबिचको दोस्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?