Logo

साग महिला भलिवलमा नेपाल र भारत भिड्दै

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार ११:११ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिवलको आफ्नो दोस्रो खेलमा नेपालले आज बलियो प्रतिद्धन्दी भारतसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा हिजो बंगलादेशलाई सोझो सेटले हराएको नेपाल भारलाई हराउदै समुह विजेता बन्न चाहान्छ । तर हरेक समय नेपालको मुख्य बाधक बन्दै आएको भारतलाई हराउन नेपाललाई त्यत्ति सहज भने छैन् । राजधानीको त्रिपुरेश्वरस्थित कभर्ड हलमा दिउँसो ३ बजे मैदान उत्रदा भारत भने आयोजकबिरुद्ध जित निकाल्दै अघिल्लोचरण नजिक पुग्ने योजनामा रहने छ । समुह एमा नेपाल, भारत र बंगलादेश रहेका छन् ।
अर्को समुहबाट माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?