Logo

साग महिला भलिबलमा नेपालको पहिलो खेल बंगलादेशसंग

ई-खेलकुद २०७६ मंसीर ४ , बुधबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगीता सागको खेल तालिका सार्बजनिक भएको छ । भुुटानबाहे सार्कका ६ टोलीले प्रतिस्पर्धा गर्ने साग महिला भलिबलमा नेपालले समुह एबाट प्रतिस्पर्धा गर्नेछ ।
नेपाल रहेको समुहमा भारत र बंगलादेश रहेका छन् । नेपालले पहिलो खेलमा आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगीता लिग कम नकआउटका आधारमा चल्ने छ । दोस्रो खेलमा १३ गते शुक्रबार भारतसंग खेल्नेछ ।
समूह ’बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?