
काठमाण्डौ । घरेलु मैदानमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलमा नेपालले शानदार सुरुवात गरेको छ । राजधानीको त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको उद्घाटन खेलमा बंगलादेशलाई सोझो सेटले हराउदै नेपालले सेमिफाइनल नजिक पुगेको हो ।
पहिलो सेटमा २५–९ को जित निकालेको नेपालले त्यसपछिका सेटमा २५–९ र २५–११ को जित हात पारेको थियो । नेपालले समुहचरणको अन्तिम खेलमा भोली भारतसंग प्रतिस्पर्धा गर्नेछ । ३ राष्ट्र रहेको समुह एबाट नेपालले २ अंक जोडेको छ ।
