Logo

साग महिला भलिबलका दुबै सेमिफाइनल आज, नेपाल फाईनल पुग्ने योजनामा

ई-खेलकुद २०७६ मंसीर १४ , शनिबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा आयोजना भएको १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला भलिबलमा ऐतिहासिक उपलब्धी हात पार्ने लक्ष्यका साथ नेपाली टोली आज कोर्टमा उत्रदैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सा“झ ५ बजे श्रीलंकाबिरुद्ध कोर्टमा उत्रदा नेपालको लक्ष्य फाइनलमै प्रबेश गर्नु हुनेछ । यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा श्रीलंकालाई हराएकाले नेपाली टोलीको मनोबल उच्च रहेको छ । श्रीलंकालाई हराउन सके, साग महिला भलिबलमा कम्तीमा नेपालले रजत पदक हात पार्नेछ ।
त्यसअघि पहिलो सेमिफाइनलमा दिउसो ३ बजे भारत र माल्दिभ्सबिच प्रतिस्पर्धा हुनेछ । सोहि कोर्टमा हुने खेलमा कमजोर टोली माल्दिभ्सबिरुद्ध सहज जित निकाल्दै भारत स्वर्ण नजिक पुग्ने योजनामा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?