
पोखरा । साग महिला फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाल दोस्रो खेलमा माल्दिभ्सबिरुद्ध सहज जितको योजनामा रहेको छ ।
नेपाल र माल्दिभ्सबिचको प्रतिस्पर्धा पोखरा रंगशालामा दिउसो २ बजेपछि सुरु हुनेछ ।
पुरुष फुटबलमा भने आज २ खेल हुनेछन् । पहिलो खेलमा भुटान र माल्दिभ्स भिड्दा दोस्रो खेलमा बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुनेछ ।
