Logo

साग महिला फुटबलका लागि ३२ सदस्सीय महिला टोलीको घोषणा

ई-खेलकुद २०७६ भदौ १५ , आईतबार ०३:०९ मा प्रकाशित

काठमाण्डौ । घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला फुटबलका लागि ३२ सदस्सीय प्रारम्भीक नेपाली टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षणमा रहेका ४२ खेलाडीबाट ३२ खेलाडी छनोट गरेको हो । महिला टोलीका मुख्य प्रशिक्षक हरी खड्काले प्रशिक्षणमा रहेका मध्ये १० खेलाडीलाई बाहिर राख्दै प्रारम्भीक टोलीको घोषणा गरेका हुन् ।
३२ सदस्सीय टोलीमा एन्जिला सुब्बा, अन्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल,गीता राना, मनमाया लिम्बु, निशा थोकर, पुनम जर्गा मगर,विमला विके र पुजा राना मगर परेका छन् । त्यस्तै रोजिना श्रेष्ठ,घिम कुमारी गुरुङ, अमृता जैसी, कविता धिमाल, अन्जली कुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, इन्दिरा राई, विमला चौधरी र दिपा राई टोलीमा रहेका छन् । सपना लामा, सर्मिला थापा, सबिता राना मगर, प्रिती राई, सावित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, कृष्णा खत्री र रश्मी कुमारी घिसिङ प्रारम्भीक टोलीका सदस्य रहेका छन् ।
सागको महिला फुटबल भने कास्कीको पोखरास्थित पोखरामा रंगशालामा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?