
पोखरा । साग महिला क्रिकेटको तेस्रो खेलमा श्रीलंकाले नेपालसामु १ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टस जितेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय १८ रनको योगफल तयार पार्यो । लिहिनी अप्सराले सर्बाधिक ३७ रन बनाएको श्रीलंकाको ईनिङसमा जनादि अनालीले ३५ र सत्या सन्दिपानीले २२ रन बनाईन् ।
नेपालकी सरस्वती कुमारी र सोनु खड्काले समान २ तथा अन्जली चन्दले १ विकेट लिईन् । श्रीलंकाका २ ब्याट्सवुमन रन आउट भएका थिए ।
फाईनल पुग्न दुबै टोलीलाई जित्नै पर्ने दबाव रहेको छ । आजको विजेताले स्वर्णका लागि बंगलादेशको सामना गर्नेछ । पराजित टोलीले कास्यका लागि माल्दिभ्ससंग खेल्नेछ ।
