Logo

साग भलिबल आजबाट, नेपालले बंगलादेशसंग खेल्दै

ई-खेलकुद २०७६ मंसीर ११ , बुधबार ०९:११ मा प्रकाशित

काठमाण्डौ । औपचारिक उद्घाटन हुनु अगावै १३ औ दक्षिण एसीयाली खेलकुद साग अन्तर्गत भलिबलका स्पर्धा आजबाट सुरु हुदैछन् । प्रतियोगिता सुरु हुन ४ दिन अगावै महिला र पुरुष भलिबलका स्पर्धा सुरु हुन लागेको हो । महिला र पुरुष भलिबलका दुबै स्पर्धामा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा अपरान्ह ३ बजे नेपाली महिला टोलीले बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समुह एमा बंगलादेश र भारत रहेका छन् । घरेलु टोली नेपाल बंगलादेशलाई हराउदै १ खेल अगावै सेमिफाइनल प्रबेशको लक्ष्यमा रहेको छ । पदकको आशा गरिएको भलिवलमा नेपाललाई बलियो टोलीको रुपमा हेरिएको छ ।
आजै समुह बी अन्तर्गत पाकिस्तान र माल्दिभ्स पनि आमने सामने हुनेछन् । समुह बीबाट श्रीलंका, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष भलिबलमा साँझ ७ बजे नेपाल र बंगलादेशबिचको प्रतिस्पर्धा सुरु हुनेछ । सोहि कोर्टमा हुने खेलमा नेपाल समानन्तर प्रतिद्धन्दीबिरुद्ध जित निकाल्दै पदक नजिक पुग्ने योजनामा रहेको छ ।
यसैबिच भारतको महिला र पुरुष भलिबल टोली काठमाण्डौ आईनपुग्दा उसको सहभागीता अन्यौलमा परेको छ । भोली अपरान्ह ५ बजे भारतको महिला टोलीले नेपालसंग प्रतिस्पर्धा गर्ने तालिका छ । पुरुष टोलीले भोली ३ बजे बंगलादेशसंग प्रतिस्पर्धा गर्ने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?