Logo

साग भलिबलले गरायो भारत र पाकिस्तानको भेट, उपाधि भिडन्त मंगलबार

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष भलिबलको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाईनलमा बंगलादेशलाई सोझो सेटले हराउदै पाकिस्तानले भारतसंगको उपाधि भेट पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पाकिस्तानले २५–१५,२५–२१ र २६–२४ को जित निकाल्दै बंगलादेशको चुनौती पन्छाएको हो । आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ के सेटले हराउदै भारतले उपाधि यात्रा तय गरेको थियो ।
समुह ए मा रहेको नेपाल भने सुरुवाती दुबै खेलमा पराजित हुदै समुहचरणबाटै बाहिरिएको छ । भारत र पाकिस्तानबिचको उपाधि भिडन्त मंगलबार हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?