
काठमाण्डौ । साग पुरुष फुटबलको आफ्नो पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । आज भएको खेलमा नेपालले भुटानलाई ४–० ले हराउदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । राजधानीको दशरथ रंगशालामा पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ३ गोल गरेको थियो ।
नेपालको जितमा सुजल श्रेष्ठले २ तथा मिक्चेन तामाङ र अबिशेक रिजालले एक एक गोल गरे । ५ औ मिनेटमा सुजलको गोलबाट अग्रता बनाएको नेपालले ५२ औ मिनेटमा उनैको गोलमा अग्रता दोब्बर पारेको थियो । ६६ औ मिनेटमा अबिशेक र त्यसलगत्तै मिक्चेनले गोल गर्दै नेपालको जित फराकिलो पारेका थिए ।
