
काठमाण्डौ । घरेलु मैदानमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले साग फुटबलका लागि २० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीका बिकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ रहेका छन् ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले अर्पण कार्कीदिप कार्की, अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र छिरिङ गुरुङलाई टोलीमा समेटेका हुन् । त्यस्तै मिक्चेन तामाङ, सुनिल वल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर र नितिन थापा पनि टोलीमा रहेका छन् । सागको टोलीमा बिमल अर्तीमगर, रेजिन सुब्बा, अभिषेक रिजाल र अन्जन बिष्ट रहेका छन् ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट सिनियर टोलीका रोहित चन्द, किरण चेम्जोङ र नवयुग श्रेष्ठ भने टोलीमा परेनन् । प्रशिक्षक महर्जनले टोलीको प्रर्दशनका आधारमा उत्कृष्टलाई टोलीमा राखिएको बताए ।
घरेलु मैदानमा हुने साग फुटबलमा नेपालले स्वर्ण जित्ने अपेक्षा गरेको छ ।
