
काठमाण्डौ । पदकको आशा गरिएको पुरुष भलिवलको स्पर्धामा नेपालको यात्रा समुहचरणमै रोकिएको छ । आज भएको समुहचरणको दोस्रो खेलमा बलियो टोली भारतसंग सोझो सेटले पराजित भएसंगै नेपालको चुनौती समाप्त भएको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेटमा २५–१५ ले पराजित भएको नेपालले त्यसपछिको सेट २५–१३ र २५–१६ ले गुमाएको थियो । शारिरिक रुपमा पनि सबल देखिएको भारतले नेपालका अधिकाश प्रहार ब्लक गरेको थियो । बंगलादेशसंग गरेको गल्ती दोहोरिदा नेपालले लज्जास्पद हार भोगेको हो ।
समुह एबाट भारत शत प्रतिशत नतिजासंगै समुह विजेताको रुपमा सेमिफाइनल प्रबेश गर्यो । नेपालको हारसंगै बंगलादेश समुह उपविजेताको रुपमा अन्तिम चारमा पुग्यो ।
