Logo

साग पुरुष भलिबलमा भारत उपाधि नजिक

ई-खेलकुद २०७६ मंसीर १५ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । भारत साग पुरुष भलिबलको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–१ के सेटले हराउदै भारतले उपाधि यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेटमा २७–२५ को जित निकालेको भारतले दोस्रो सेट २५–१९ ले जितेको थियो । तेस्रो सेट २१–२५ ले श्रीलंकालाई सुम्पिएपनि चौथो सेटमा २५–२१ के जित निकाल्दै भारतले कम्तीमा रजत पदक पक्का गरेको हो । भारतले स्वर्ण पदकका लागि अहिले जारी पाकिस्तान र बंगलादेशबिचको विजेतासंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?