
काठमाण्डौ । महिला टोलीले पहिलो खेलमा जित हात पारेको दिन पुरुष भलिबल टोलीले भने हारबाट १३ औ दक्षिण खेलकुद सागको सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा आज भएको खेलमा नेपाल बंगलादेशसंग ३–२ को सेटले पराजित भएको हो । सुरुवाती ३ सेटमा २–१ को अग्रता बनाएपनि नेपालले लय गुमाउदा हार भोग्न बाध्य भयो । पहिलो सेटमा २५–१९ को जित निकालेको नेपालले दोस्रो सेट २३–२५ ले बंगलादेशलाई सुम्पिएको थियो । तेस्रो सेटमा पनि नेपालले २५–१९ को जित निकाल्दै दोस्रो पटक अग्रता बनाएको थियो । चौथो सेटमा २६–२४ को जित निकालेको बंगलादेशले अन्तिम सेटमा १५–१२ को जित निकाल्दै सेमिफाइनल प्रबेशको संभावना बलियो बनाएको हो ।
