
काठमाण्डौ । साग पुरुष फुटबल अन्र्तगत दोस्रो खेलमा माल्दिभ्स र श्रीलंकाले गोरहित बराबरी खेलदै अंक बाडेका छन् । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् । निक्कै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएका अवसर खेर फाल्दा अंक बाँड्न बाड्न बाध्य भए ।
आजै भएको उद्घाटन खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गर्दै साग फुटबलमा सुखद सुरुवात गरेको थियो ।
