
काठमाण्डौ । साग पुरुष फुटबल अन्र्तगत आफ्नो पहिलो खेलमा नेपालले भोली भुटानसंग प्रतिस्पर्धा गर्दैै प्रतियोगिताको सुरुवात गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिँउसो १ बजे नेपाल र भुटानबिचको खेल सुरु हुनेछ ।
पहिलो खेलमा बलियो टोली बंगलादेशलाई हराएको भुटान आयोजक नेपालमाथी पनि त्यस्तै नतिजाको अपेक्षामा रहेको छ । नेपाल भने पहिलो खेलमा जित निकाल्दै साग फुटबलमा सुखद सुरुवात गर्न चाहान्छ । डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपाल घरेलु मैदानमा उपाधि रक्ष गर्ने लक्ष्यमा रहेको छ ।
दशरथ रंगशालाको पुर्ननिर्माणपछि लामो समयपछि नेपालले गृहमैदानमा अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि आज भएका खेलमा भुटानले बंगलादेशलाई एक शुन्यले हराउदा श्रीलंका र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
