Logo

साग पुरुष फुटबलको फाईनलमा नेपाल र भुटान भिड्दै

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष फुटबलको उपाधिका लागि नेपालले आज भुटानसंग प्रतिस्पर्धा गर्दैछ । राजधानीको दशरथ रंगशालामा अपरान्ह ३ बजे हुने खेलमा डिफेण्डिङ च्याम्पियन नेपाल उपाधि रक्षा गर्ने योजनामा रहेको छ । फाईनल पुगेर ऐतिहासिक उपलब्धी हासिल गरिसकेको भुटान पहिलो अन्तराष्ट्रिय उपाधि निकाल्ने लक्ष्यमा छ ।

समुहचरणमा भएको भेटमा ४–० को सहज जित निकालेको नेपाल, फाईनलमा पनि यस्तै नतिजाको खोजीमा हुनेछ । घरेलु मैदान र दर्शकको साथमा हौसिएको नेपाल फाईनलमा दबावरहित रहनेछ । दक्षिण एसियाली फुटबलमा निक्कै ठुलो फड्को मारेको भुटान नेपाली भुमीमा अर्को किर्तिमान बनाउने योजनामा छ । भुटान सागको फाईनलमा पहिलो पटक पुगेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?