Logo

साग पुरुष क्रिकेटको उद्घाटन खेलमा नेपालले भोली टेष्ट राष्ट्र श्रीलंकासंग प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ मंसीर १६ , सोमबार ०८:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेटको उद्घाटन खेलमा नेपालले भोली श्रीलंकाको २३ बर्ष मुनीको टोलीसंग प्रतिस्पर्धा गर्दैछ । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । नेपाली टोली ज्ञानेन्द्र मल्लको कमानीमा मैदान उत्रनेछ । श्रीलंकाली टोलीमा सिनियर टोलीका ३ खेलाडी मात्र रहेका छन् ।
५ राष्ट्र सहभागि क्रिकेटमा सबै टोलीले एकले अर्कासंग प्रतिस्पर्धा गरेपछि स्वर्ण र कास्यका लागि खेल हुनेछ । नेपालले पुरुष क्रिकेटमा कम्तीमा रजत पदक हात पार्ने योजना बनाएको छ । त्यसका लागि बलिया २ टोली बंगलादेश र श्रीलंकासंगको खेल नेपालका लागि निक्कै महत्वपुर्ण रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?