
एजेन्सी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटका लागि बंगलादेशले टोलीको घोषणा गरेको छ । नाजमुल हुसेनको कमानीमा घोषणा गरिएको टोली राष्ट्रिय टोलीको अनुवभ लिईसकेका सौम्य सरकार, नाईम शेख, अफिफ हुसेनपनि रहेका छन् । बंगलादेशले घोषणा गरेको टोलीमा मोहमद सैफ हसन, जाकिर हसन, यासिर अली चौधरी, सायद मिन्हाजुल अफ्रिदी, सुमोन खान, महिदुल इस्लाम, तान्भिर इस्लाम, मनिक खान,मेहेदी हसन राना, महादी हसन र हसन मा रहेका छन् ।
अन्य खेलाडीहरु उमेर समुहबाट बंगलादेशको प्रतिनिधित्व गरिसकेका खेलाडी छन् । राउण्ड रोबिन लिगका आधारमा चल्ने प्रतियोगीतामा नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी ५ टोलीको सहभागीता रहेको छ ।
शीर्ष २ टोलीले स्वर्ण र तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्यका लागि प्रतिस्पर्धा गर्नेछन । साग क्रिकेटका सम्पुर्ण खेल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ ।
