Logo

साग क्रिकेटमा नेपालले आज माल्दिभ्ससंग खेल्दै

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा श्रीलंकासंग पराजित भएको नेपालले दोस्रो खेलमा हिजो भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले हराएको थियो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा नेपाल र माल्दिभ्सबिचको प्रतिस्पर्धा दिउसो १ बजे खेल सुरु हुनेछ । त्यसअघि सोहि मैदानमा बंगलादेश र भुटान आमने सामने हुनेछन् ।
उता पोखरामा जारी महिला क्रिकेटमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । पोखरा रंगशालामा ११ बजे मैदान उत्रदा दुबै टोली जित निकाल्दै फाईनलमा पुग्ने योजनामा रहेका छन् । माल्दिभ्सलाई हराएका दुबै टोली बंगलादेशसंग पराजित भएकाले फाईनल पुग्न आजको खेल महत्वपुर्ण रहेको छ । आजको विजेताले फाईनलमा बंगलादेशको सामना गर्नेछ । पराजित हुने टोलीले कास्यका लागि माल्दिभ्ससंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?