
काठमाण्डौ । घरेलु मैदानमा हुने १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटको खेलतालिका सार्बजनिक भएको छ । प्रतियोगीताका लागि समुह बिभाजनसंगै खेल तालिका पनि सार्बजनिक गरिएको हो । ५ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएकाले समुह एमा ३ र बी मा २ टोली मात्र रहेका छन् । समुह एमा नेपाल सहित माल्दिभ्स र बंगलादेश रहेका छन् ।
समुहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले आफ्नो पहिलो खेलमा डिसेम्बर ३ मा माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल नेपालले बंगलादेशको सामना गर्नेछ । समुह बीमा भुटान र श्रीलंका मात्र रहेकाले दुबै टोलीको सेमिफाइनल यात्रा निश्चित भएको छ ।
