
काठमाण्डौ । नेपालमा जारी साफ अण्डर १८ च्याम्पियनसिप फुटबलका दुबै सेमिफाइनल खेल आज हुदैछन् । प्रतियोगीताको पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । हल्चोकस्थित एपिएफ मैदानमा बिहान ११ बजे पहिलो सेमिफाइनल सुरु हुनेछ । समुह एको बिजेता भुटानले नेपाललाई हराएको थियो भने माल्दिभ्ससंग बराबरी खेल्दै समुह विजेता बनेको थियो । भारतलाई बराबरीमा रोकेको भुटानले श्रीलंकालाई हराउदै समुह बि को उपबिजेता बनेको थियो । सो खेलको विजेताले उपाधिका लागि आजै हुने दोस्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो सेमीफाइनलमा समुह एको उपबिजेता माल्दिभ्सले समुह बीको बिजेता भारतको सामना गर्नेछ । दोस्रँे खेल पनि सोहि मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ । डिफेण्डिङ च्याम्पियन नेपाल भने प्रतियोगिताको समुहचरणबाटै बाहिरिएको थियो ।
