Logo

सागरको उत्कृष्ट बलिङमा नेपाली युवा टोलीको शानदार जित

ई-खेलकुद २०७६ भदौ १२ , बिहीबार ०६:०८ मा प्रकाशित

काठमाण्डौ । एसियाकप क्रिकेटको तयारीका लागि श्रीलंकामा अभ्यासरत नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा शानदार जित हात पारेको छ । आज भएको खेलमा श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरालियालाई ८० रनले हराउदै नेपालले पहिलो जित हात पारेको हो । कोलम्बोमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछाएको बादुरेलियाले २३ दशमलब १ ओभरमा ८४ रनमा समेटियो ।
सागर ढकालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट चट्काएपछि नेपालले सहज जित हात पारेको हो । पवन सर्राफ र कमलसिंह ऐरीको नाममा समान २ विकेट रह्यो । कुशल मल्ले १ विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलब ४ बलमा अलआउट हुँदै २ सय ६ रन बनाएको थियो । तर, वर्षाले खेल प्रभावित खेलको दोस्रो इनिङ्स ३५ ओभरमा छोट्याउदै बादुरालियालाई १ सय ६५ रनको लक्ष्य दिईएको थियो । नेपालको जितमा रित गौतमले सर्बाधिक ७६ तथा हरि चौहानले ५६ रनको योगदान दिए । सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन बनाए । अब नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा भोली चिल मरियन्ससँग खेल्नेछ । पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लबको २३ बर्षमुनीको टोलीसंग ३ विकेटले पराजित भएको थियो ।
भोलीको अभ्यास खेलपछि नेपाली टोलीले केहि दिन नेट अभ्यास गर्ने तयारी गरेको छ । प्रतियोगितामा नेपालले भदौ २० गते आयोजक श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसग नेपालको भेट हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समुह एमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?