Logo

सागमा स्वर्ण जित्नेलाई ९ लाख दिने सरकारको घोषणा, रजत विजेताले ६ लाख पाउने

ई-खेलकुद २०७६ मंसीर २५ , बुधबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नगद सहित सम्मान गर्ने भएको छ । विजेता खेलाडीलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण, रजत र कास्य विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने घोषणा गर्नुभयो । सरकारले स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख रुपैया दिने घोषणा गरेको हो ।
एक भन्दा बढि पदक विजेतालाई ११ लाखका दरले प्रोत्साहान रकम प्रदान गरिने प्रधानमन्त्रीले घोषणा गर्नुभयो ।
१३ औ सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कास्य हात पारेको थियो । खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रको मान प्रतिष्ठा र ईज्जत बढाएकोमा धन्यवाद समेत दिनुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?