
काठमाण्डौ । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लक्ष्य नजिक पुगेको छ । घरेलु मैदानमा आयोजित सागमा ५० स्वर्ण जित्ने नेपालको दाबी पुरा हुने भएको छ । नवौ दिन आज बक्सिङमा भुपेन्द्र थापा मगरले स्वर्ण जित्दै नेपाललाई ४७ औ स्वर्ण दिलाए । पुरुष ६४ केजी तौल समुहको स्पर्धामा उनले भारतका मनिष कौशीकलाई हराएर स्वर्ण जितेका हुन् ।
बक्सिङमा नेपालको यो दोस्रो स्वर्ण हो ।
