
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा नेपालले अर्धशतक स्वर्ण हात पारेको छ । अन्तिम दिन बक्सिङमा सनिल शाहिले स्वर्ण जितेसंगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ । यो संगै नेपालले सागमा राखेको पदकको लक्ष्य पनि पुरा भएको छ । ललितपुरको सातदोबाटोस्थित कराते हलमा शाहिले ६० केजी तौल समुहमा भारतका भिरेन्दर सिंहलाई हराउदै स्वर्ण जितेका हुन् ।
