Logo

सागमा आज १९ खेल अन्तर्गत ४० स्वर्णका लागि प्रतिस्पर्धा हुदै

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा आज विभिन्न १९ खेलका ४० स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ । सागमा आजबाट बक्सिङको स्पर्धा सुरु हुनेछ । जसबाट नेपालले पदकको ठुलो आश गरेको छ । त्यस्तै आर्चरी, फेन्सीङ र कुस्तीको स्पर्धापनि आजबाट सुरु हुनेछ । सागमा आज एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस र टेनिसका खेलहरुले निरन्तरता पाउनेछन् । त्यस्तै बिच भलिबल, भारोत्तोलन र स्क्वासका स्पर्धा पनि जारी रहनेछन् । बक्सीङमा नेपालले आज बिभिन्न ४ ईभेन्टमा सहभागिता जनाउने छ । १६ स्पर्धा हुने एथ्लेटिक्समा आज ९ ईभेन्टका फाईनल चरण हुनेछ । भारोत्तोलनका ५ स्पर्धामा नेपालले आज प्रतिस्पर्धा गर्नेछ । टेबुल टेनिसमा नेपालका २ खेलाडीले आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । स्विमीङका बिभिन्न स्पर्धामा आज नेपालले चुनौती दिनेछ ।
गल्फमा स्वर्ण नजिक पुगेका सुबास तामाङले आज अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । आर्चरीका खेलहरु पोखरा र कुस्तीका स्पर्धा जनकपुरमा सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?