Logo

सागमा आज स्विमिङ, आर्चरी, विच भलिबल र भारोत्तोलनका खेल सुरु हुदै

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा आज थप ५ खेलका स्पर्धा सुरु हुदैछन् । आज आर्चरी, बास्केटबल, स्वीमिङ, विच भलिबल र भारोत्तोलनका खेलहरु सुरु हुनेछन् । योसंगै सागमा १८ खेलका विभिन्न स्पर्धा चालु रहनेछन् । आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, साईकिलिङ, फुटबल, गल्फ, ह्याण्डबल, कब्बडी, खोखो, स्वीमिङ, सुटिङ, टेनिस, तेक्बान्दो, विच भलिबल, भारोत्तोलन र उसुका स्पर्धा हुनेछन् ।
पदकको आश गरिएको उसुमा आज १८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तेक्वान्दोको स्पर्धाबाट पनि नेपालले पदकको आश गरेको छ । स्विमिङमा आज बिभिन्न ८ ईभेन्टमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सुटिङमा आज २ बिधाका फाइनल हुनेछन् । एथलेटिक्समा आज ६ खेलका फाइनल राउण्ड चल्नेछ । ब्याडमिन्टनमा भने नेपालले आज सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?