Logo

सागमा आज विभिन्न १६ खेलका स्पर्धा हुदै

ई-खेलकुद २०७६ मंसीर १८ , बुधबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद सागमा आज विभिन्न १६ खेलका स्पर्धामा प्रतिस्पर्धा हुदैछन् । आजबाट हेण्डबल र कब्बडीका स्पर्धा सुरु हुनेछन् । भने १४ वटा खेलले निरन्तरता पाउनेछन् । एथलेटिक्स, ब्याडमिन्टन, महिला र पुरुष क्रिकेट, साईकिलिङ, महिला र पुरुष फुटबल, गल्फ, कराते, सुटिङ, टेबल टेनिस, लन टेनिस, तेक्बान्दो , ट्रायथलन, उसु र खोखोका खेलले निरन्तरता पाउनेछन् । यी मध्ये ट्रायथलन, हेण्डबल, ब्याडमिन्टन, महिला क्रिकेट र फुटबलका स्पर्धा पोखरामा हुनेछन् । बा“कि खेलका स्पर्धा राजधानीका बिभिन्न स्थानमा हुनेछन् । आज करातेमा ४ र उसुमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । त्यस्तै तेक्वान्दो र एथलेटिक्सको स्वर्ण पदकका लागि पनि नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खोखोको फाईनलमा नेपाली महिला टोलीले भारतसंग खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?