Logo

सागको फाईनलका सम्पुर्ण टिकट एक दिन अगावै सकियो

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको फाईनलको सम्पुर्ण टिकट सकिएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले मंगलबार हुने नेपाल र भुटानबिचको फाईनलका लागि सबै टिकट बिक्रि भएको जनाएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै राखेपले फाईनलका लागि १४ हजार टिकट बिक्रि भएको जनाएको छ । फाइनल खेलका लागि १ हजार र २ हजार मुल्यको टिकट राखिएको थियो ।
दक्षिण एसियाली खेलकुद सागको सबैभन्दा रोमाञ्चक खेल फुटबलको फाइनल मंगलबार दिउँसो ३ बजेबाट सुरु हुनेछ । फाईनलमा डिफेण्डिङ च्याम्पियन नेपाल र भुटानबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?